१६ फाल्गुन २०८०, बुधबार

हेलो सीएम कार्यक्रम : यातायात व्यवस्थापनबारे गुनासा बढे



धनगढी । सात नम्बर प्रदेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिन अघि शुरु गरेको हेलो सीएम कार्यक्रममा सर्वसाधारणबाट यातायात व्यवस्थापनबारे गुनासो आउने क्रममा बृद्धि भएको छ ।
प्रदेश नम्बर ७ का मुख्य शहर, बजारमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको जनगुनासोमा बृद्धि भएपछि आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नै कार्यकक्षमा जनगुनासोबारे छलफल गरेका छन् ।
मुख्यमन्त्री भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा, कैलालीका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था कार्यालय, ट्रापिक प्रहरी अधिकृत तथा यातायात सम्वद्ध क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरूसँग यातायात व्यवस्थापनबारे छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा मुख्यमन्त्री भट्टले सात दिनभित्र धनगढी लगायत प्रदेशका मुख्य बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार