३० भाद्र २०८१, आईतवार

फूलवारीमा रसायनिक मल विक्री केन्द्रको स्थापना



धनगढी । कैलालीको धनगढी उपमहानगरपालि वडा नम्बर १४ स्थित फूलवारीमा रसायनिक मल विक्री केन्द्रको स्थापना भएको छ ।
फूलवारीस्थित कल्गी वचत तथा ऋण सहकारी संस्था लिमिटेड साविक फूलवारी क्षेत्रका किसानहरूको आवश्यकतालाई मध्यनजर गर्दै साल्ट ट्रेडिंग कर्पाेरेसन लिमिटेडको रसायनिक मल विक्री केन्द्र स्थापना गरेको हो । सहकारीले डिएपि, युरिया र पोटास वितरण गर्ने जनाएको छ ।
केन्द्रको ७ नम्बर प्रदेश सभा सदस्य नेपालु चौधरीले उद्घाट गरेका थिए । सांसद चौधरीले रिवन काटेर तथा साल्टट्रेडिंग कर्पाेरेसन लिमिटेडका सहायक माहाप्रवन्धक केशवप्रसाद पाण्डेले किसान लिखराम चौधरी र भागीराम चौधरीलाई विक्री केन्द्रवाट विल तथा मलको वोरा हस्तान्तरण गर्दै विधिवत रुपमा विक्री केन्द्र सञ्चालनमा आएको जानकारी दिएका थिए ।
संस्थाका अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य सुशीला बुढाथोकी, १४ नम्बर वडाध्यक्ष रामवजारी थारू, सदस्य खगीमाया विक, डिपोवजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डे, सर्वाेदय माविका शिक्षक सन्देश सिके, सागर यूवा क्लवका अध्यक्ष दीप लामिछाने लगायतको सहभागिता रहेको थियो ।
संस्थाका सदस्य रामप्रसाद थारूले स्वागत गरेको कार्यक्रमको संस्थाका सचिव जगदीश चौधरीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार