१२ श्रावण २०८१, शनिबार

अन्तरविद्यालय क्रिकेट : जेसिज एभरेष्ट र लिटल फ्लावर फाईनलमा भिड्ने



धनगढी । कैलालीको धनगढीमा जारी अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको फाईनलमा जेसिज एभरेष्ट र लिटल फ्लावर ईग्लिस बोर्डिग स्कुल भिड्ने भएका छन् ।
जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा शारदा उच्च माध्यामिक विद्यालयलाई पराजित गर्दै जेसिज एभरेष्ट फाईनलमा प्रवेश गरेको हो । टस जितेर व्याटिंग रोजेको एभरेष्टले १५ ओभरमा सबै विकेट गुमाउँदै ९१ रनको लक्ष्य दिएको थियो । एभरेष्टका तर्फबाट दिवस सिंहले २४ र जीवन खडकाले १४ रन हान्न सफल भएका थिए ।
शारदा माविका तर्फबाट योगेन्द्र साउँद र जीवन अछामीले दुई/दुई विकेट लिएका थिए ।
९१ रनको लक्ष्य पाएको शारदाले १५ ओभर चार बलमा सबै विकेट गुमाउँदै ८४ रन हान्न सफल भएको थियो । शारदाका तर्फबाट जीवन चन्दले १९ र शौरभ अछामीले १४ रन हान्न सफल भएका थिए । जेसिजका जीवन खडका र रविन मल्लले दुई/दुई विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच जेसिजका आकाश बलायर बन्न सफल भएका थिए ।
यस्तै, दोस्रो खेलमा लिटल फलावरले तीन विकेटले एश्वर्य विद्या निकेतनलाई पराजित गरेको थियो । टस जितेर व्याटिंग रोजेको एश्वर्यले १७ ओभरमा सबै विकेट गुमाउँदै एक सय १० रनको लक्ष्य दिएको थियो । एश्वर्यका तर्फबाट प्रविन जोशीले २५, टञ्जन कार्कीले १७ र आयुष कुँवरले १४ रन गरेका थिए ।
एक सय १० रनको लक्ष्य पाएको लिटल फलावरले १९ ओभर पाँच बलमा सात विकेट गुमाउँदै एक सय १३ रन हानेर विजयी भएको थियो । लिटल फलावरका तर्फबाट राजेन्द्र चन्दे ४२, अनुज विष्ट र सैलेश अवस्थीले १४/१४ रन हानेका थिए । खेलको म्यान अफ द म्याच लिटल फलावरका राजेन्द्र चन्द बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार