१२ माघ २०८१, शनिबार

बाल विवाह न्यूनीकरणका लागि अभिमुखीकरण



बौनिया । कैलालीको बर्दगोरिया गाउँपलिका वडा नम्बर २ को वडा कार्यालयमा बाल विवाह न्यूनीकरण र बालमैत्री वडा निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार भएको छ ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को आयोजना र स्वास्थ्य शाखाको सहकार्यमा सो अभिमुखीकरण कार्यक्रम भएको हो ।
अभिमुखीकरण कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ भित्रका ९० जना बालबालिकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बाल विवाह गर्दा हुने समस्या, बाल विवाह रोकथामका उपाय, बाल अवस्थामै विवाह गर्दा भविष्यमा स्वास्थ्यमा आइपर्ने समस्या र निराकरणका उपायसँगै बालमैत्री वडा निर्माणको आवश्यकता लगायतका विषयमा बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले प्रकाश पारे ।
कार्यक्रममा कैलाश रावत र कृष्ण भट्टले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार