१२ श्रावण २०८१, शनिबार

सरसफाईसम्बन्धी अभिमुखीकरण



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा बुधबार आमा समूह, गर्भवती महिला र बालबालिकाको पोषण तथा सरसफाई सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को लक्षित वर्ग कार्यक्रम अन्तर्गत बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा सो अभिमुखीकरण कार्यक्रम भएको जनाइएको छ ।
कार्यक्रममा वडा नम्बर २ का एक सय ५० जनाको सहभागिता रहेको थियो । गाउँपालिकाका स्वाथ्य शाखा प्रमुख कैलाश रावतका अनुसार आमा समूह, गर्भवती महिला तथा २ वर्ष मुनिका बालबालिकाको पोषण तथा सरसफाईको अवस्था र स्वास्थ्यका बारे जानकारी गराउन कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम वडाध्यक्ष भेख्खु चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रावत र उपसंयोजक कृष्ण भट्टले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार