९ माघ २०८१, बुधबार

नीति र कार्यक्रम ल्याउँदा दलहरूलाई वाइपास गरियो– यादव



धनगढी । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम ल्याउँदा अन्य दलहरूलाई ‘बाइपास’ गरेको टिप्पणी गरेका छन् ।
संघीय प्रेस फोरम नेपालले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारले नीति तथा कार्यक्रम ल्याउँदा अन्य दलहरूसँग छलफल नगरेकोमा आपत्ति जनाए ।
अध्यक्ष यादवले सरकार संविधान संशोधन गरेर संघीयता, गणतन्त्र र समावेशीतालाई बलियो बनाउने गरी अगाडि बढेमा आफ्नो दल सरकारमा सहभागी बन्ने बताए ।
उनले संघीय प्रणाली लागू भए पनि प्रदेश सरकारहरूलाई कमजोर बनाइएको दावी गरे । उनले भने– “प्रदेशभित्र रहेको प्रशासनिक संरचना, सुरक्षा निकायलगायतका प्रादेशिक संरचना प्रदेश सरकारका क्षेत्राधिकारभित्र अझै आइसकेका छैनन् ।”
अध्यक्ष यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकारले थुप्रै त्रुटि गरेको बताए । नेपालको झण्डा राम्ररी नराख्नु, प्रधानमन्त्री ओलीले भारतको राजस्थानको पोशाक लगाउनु, दुई ठाउँमा मोदीलाई नागरिक अभिनन्दन गराउन सरकारले गरेका गल्ती भएको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार