२१ भाद्र २०८१, शुक्रबार

सुरक्षित आप्रवासबारे छलफल



बौनिया । सुरक्षित आप्रवासनका लागि चेतनामूलक कार्यक्रम आइतबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा भएको छ ।
आप्रवासी कामदार हकहीत संरक्षण केन्द्र बर्दगोरिया गाउँपालिका स्तरीय सञ्जालको आयोजनामा सो कार्यक्रम भएको जनाइएको छ ।
कार्यक्रम सञ्जालका अध्यक्ष देवेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण चौधरीले आगामी दिनमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गरिने बताए ।
कैलाली जिल्ला सदस्य लक्ष्मी सापकोटाले स्वागत गर्दै कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन सचिव नवीन ढुंगाानाले गरेका थिए । कार्यक्रममा ६१ जना सहभागी थिए । कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरी र सञ्चार प्रतिष्ठान नेपालका अधिकृत कृष्ण विकले वैदेशिक रोजगारीका विविध पक्षबारे जानकारी गराएका थिए ।
कार्यक्रम बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोगमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार