दरख खानेपानी आयोजनामा मल्ल
सुखड । सुखड दरख खानेपानी उपभोक्ता तथा सरसफाई आयोजनाको अध्यक्षमा निरजकुमार मल्ल विजय भएका छन् ।
एक हजार पाँच सय उपभोक्ता भएको आयोजनामा एक हजार पाँच मत खसेको थियो । निरजले तीन सय ९१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नरहरि रिजालले एक सय ९१ मत पाएका थिए । अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो ।
त्यसैगरी उपाध्यक्षमा ललितप्रसाद भट्टराई विजयी भए । सचिवमा टेकराज आचार्य, र कोषाध्यक्षमा रेखादेवी देवकोटा विजयी भइन् ।
त्यस्तै, सदस्यमा राधाकुमारी पाण्डे र सावित्रा खत्री तथा शेरबहादुर बोहरा, पदम सापकोटा र हेमबहादुर बम विजयी भए ।