अस्ट्रेलिया जानेबारे अन्तरक्रिया
धनगढी । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस, धनगढी अस्ट्रेलिया जानेबारे विभिन्न पक्षसँग आइतबारदेखि धनगढीमा अन्तरक्रियात्मक कार्यक्रम शुरु गरेको छ ।
सो अवसरमा अस्ट्रेलियाबाट फर्केका प्रकाश पन्थीले अस्ट्रेलियाका बारेमा विभिन्न व्यवसायिक व्यक्तिहरूलाई जानकारी गराएका थिए । उनले एक सातासम्म धनगढीमा विभिन्न सरोकारवाला संघसंस्था र व्यक्तिहरूसँग अन्तरक्रियामार्फत अस्ट्रेलियाको बारेमा जानकारी गराउने बताए ।
सो अवसरमा एक्सपर्टले जेसीज, बैंक वित्तीय संस्था, इन्सोरेन्स कम्पनी, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने जनाएको छ ।
एक्सपर्ट धनगढी शाखा प्रबन्धक टंकप्रसाद पन्थीका अनुसार अस्ट्रेलिया जाने विद्यार्थी, पर्यटक तथा पीआरका लागि अब धनगढीमा सम्पूर्ण प्रक्रिया शुरु भएको बताए । उनका अनुसार हालसम्म धनगढी शाखाबाट अस्ट्रेलिया जानका लागि १२ जनाले भिसा भरेको बताए । प्रबन्धक पन्थीका अनुसार हाल अस्ट्रेलिया जान इच्छुकहरू व्यक्तिले अस्ट्रेलियाको बारेमा जानकारी लिनेको संख्या बढेको बताए ।
सुदूरपश्चिममा सेवा दिने हेतुले स्थापन भएको एक्सपर्ट एजुकेशनमा आइईएलटीएस कोर्ष पनि भइरहेको छ ।
सन् २००३ मा अस्ट्रेलियाको सिड्नीमा स्थापना भएको एक्सपर्टको नेपालमा १५ वटा शाखा रहेको छ ।