अन्तरविद्यालय क्रिकेट : एरिस्टो र जेसिज विजयी



धनगढी । कैलालीको धनगढीमा जारी अन्तरविद्यालय प्रतियोगिताअन्र्तगत शनिबार एरिष्टो स्कुल र जेसिज एभरेष्ट स्कुल विजयी भएका छन् ।
कैलाली क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो खेलमा ज्योति ईग्लिस बोर्डिंग स्कुललाई एरिष्टो स्कुलले जित हासिल गरेको हो । टस जितेर ब्याटिंग रोजेको ज्योति स्कुलले एरिष्टोलाई ३८ रनको लक्ष्य दिएको थियो भने एरिष्टोले चार विकेट गुमाएर ४२ रन गर्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच सुजल शाह बनेका थिए ।
यस्तै, दोस्रो खेलमा कैलाली विद्या निकेतनलाई तीन रनले जेसिज एभरेष्ट स्कुल विजयी भएको थियो । टस जितेर व्याटिंग रोजेको जेसिज एभरेष्टले एक सय १३ रनको लक्ष्य दिएको थियो । जेसिजका तर्फबाट जीवन खडकाले ३३, गौरव खडका २० र रविन मल्लले ११ रन बनाएका थिए । कैलालीका तर्फबाट कुमार बोहोरा र देव ऐरले तीन/तीन विकेट लिएका थिए ।
एक सय १३ रनको लक्ष्य पाएको कैलाली एक सय १० रनमा समेटियो । कैलालीका तर्फबाट भरत बुढाले ३३, गजेन्द्र देउवाले २४ र दीपेन्द्र रोकायाले १४ र कुमार बोहराले १३ रन गरेका थिए । खेलको म्यान अफ द म्याच जेसिजका रविन मल्ल बन्न सफल भएका थिए ।
आज (आईतबार) हुने प्रतियोगितामा कैलाली विद्या निकेतन विरुद्ध हिल वल्र्ड र थ्रि स्टारविरुद्ध शारदा विद्या निकेतनको हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्