१२ श्रावण २०८१, शनिबार

राजी समुदायलाई कुखुरा वितरण



धनगढी । लोपोन्मुख राजी समुदायको पोषण सुधार र जीविकोपार्जनका लागि शुक्रबार भजनी नगरपालिका वडा नम्बर ९ भुरुवाका राजी समुदायका एक सय ५० घरधुरीलाई कुखुरा वितरण गरिएको छ ।
बीसीए नेपालको साझेदारी तथा भजन नगरपालिका र राजी उत्थान कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा फाया नेपालले प्रति घरधुरी १०/१० वटाका दरले एक हजार पाँच सयबाट कुखुरा वितरण गरेको हो ।
भजन नगरपालिकाका उपप्रमुख छाया देवकोटाले एक कार्यक्रमका बीच कुखुरा वितरण गरेकी थिइन् ।
कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष केशवबहादुर वोहरा, वडा नम्बर ९ का वडा सदस्य बिल्लो राजी, फाया नेपालको कार्यक्रम संयोजक राजेन्द्र रैकालगायतको उपस्थिति रहेको थियो ।
यसअधि कुखुराको खोर निर्माणका लागि प्रति घरधुरी दुई/दुई हजार रुपैयाँ वितरण गरिएको थियो ।
कार्यक्रम सहकारी संस्थाका अध्यक्ष भीमबहादुर राजीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार