३१ भाद्र २०८१, सोमबार

लम्कीचुहाको दोस्रो नगरसभा



लम्की । लम्कीचुहा नगरपालिकाको दोस्रो नगरसभा बैठक शुक्रबारदेखि लम्कीमा शुरु भएको छ । नगरप्रमुख महादेव बजगाईको सभा अध्यक्षतामा शुरु भएको बैठकको पहिलो दिन लम्कीचुहा नगरपालीकाको प्रशासकिय कार्यविधी नियमित ऐन २०७५, आधारभुत तथा माध्यमिक शिक्षा ऐन २०७५ बहुमतले पारित गरिएको छ । साथै सहकारी ऐन सम्बन्धमा पनि छलफल भएको थियो ।
सभामा नगरप्रमुख महादेव बजगाईले शिक्षा ऐन २०७५ प्रस्तुत गरेका थिए । सो अवसरमा उप नगरप्रमुख टीका देवी थापाले विभिन्न प्राकृतिक प्रकोपबाट विद्यालयमा हुने क्षतीमा राहत पुर्‍याउन कोष बनाउनु पर्ने सुझाव दिइन् ।
नगरसभाको शुक्रबारको बैठकमा वडाध्यक्षहरू जनकबहादुर बम, विष्णु ढकाल, लाल बहादुर बोगटी, भक्त बहादुर चलाउने लगायतले आआफ्ना सुझाव प्रस्तुत गरेका थिए ।
नगरसभामा नगर कार्यपालिका सदस्यहरूले विभिन्न विषयगत उपसमिती र कार्यटोली सदस्यका लागि बैठक भत्ता एक हजार पॉच सय रुपैया व्यवस्था गर्नुपर्ने, कामकाजको शिलसिलामा बाहिर जानु पर्दा दैनिक भ्रमण भत्ता एक हजार छ सय रुपैया प्रदान गर्नुपर्ने तथा संचार र ईन्धन खर्च वापत मासिक दुई हजार पॉच सय रुपैया व्यवस्था गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार