१२ श्रावण २०८१, शनिबार

हाम्री दिदी तालिम



धनगढी । र्‍याप थ्री कनेक्टले आयोजना गरेको हाम्री दिदी तालीम धनगढीमा शुक्रबार समापन भएको छ ।
युनिलिभर नेपाल, बोट्लर्स नेपाल र प्रभु बैक सहकार्यमा ग्रामीण महिलाहरुको आर्थिक स्तर सुधार गर्ने उद्देश्यले जेठ १ गते देखि सुरु भएको तालिममा डोटी, अछाम, डडेल्धुरा र बाजुराका दुई सय महिलाहरुको सहभागीता रहेको थियो ।
मानिसहरुले प्रयोग गर्ने खुल्ला साबुन, कोकाकोला र रिचार्जको सहि सदुपयोग गराउन जानकारी दिने र ग्रमीण क्षेत्रका उपभोक्तालाई यसबारे जानकारी गराउने उद्देश्यले तालीमको आयोजना गरिएको र्‍याप थ्री कनेक्टका जिल्ला प्रबन्धक शेर बहादुर बोहराले जानकारी दिए ।
तालिममा नेपाल राष्ट्र बैकंका क्षेत्रीय व्यवस्थापक किरण पाण्डे, र्‍याप थ्री कनेक्टका टिम लिडर रुथ म्यापेकले बजारीकरण र बित्तिय साक्षरताका बारेमा पनि सहभागीहरुलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार