२ माघ २०८१, बुधबार

रोजगारका अवसरबारे अन्तरक्रिया



धनगढी । स्थानीय तहमा रोजगारको अवसर तथा सहभागिता विषयमा शुक्रबार धनगढीमा जनप्रतिनिधि र अन्य सरोकारवालाहरूबीच अन्तक्र्रिया भएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजनामा भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख सन्ध्या राज्यश्वरी सिंहले युवालाई आत्मनिर्भर बनाउन विभिन्न निकायले तालिम सञ्चालन गरे पनि प्रभावकारी हुन नसकेको बताइन । उनले भनिन्– श्रम बजारको माग अनुसार हाम्रा तालिम भएनन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले रोजगारी सिर्जना गर्न उद्यमशिलता प्रमुख आधार रहेको चर्चा गर्दै बुद्धि र बल भएका युवाहरू विदेशिने गरेबाट मुलुकको आर्थिक समृद्धिमा अवरोध आइरहेको बताए ।
सो अवसरमा व्यावसायी दिनेशराज भण्डारीले भारत लगायत अन्य मुलुकमा सानातिना काम गर्ने तर स्वदेशमा काम नगर्ने प्रवृतिले समस्या बढेको चर्चा गरे ।
प्रदेश नम्बर ७ का कैलाली र कञ्चनपुरमा कृषिको ठुलो सम्भावना भए पनि नेपालीहरुले श्रम गर्न लाज मान्ने गरेको श्रम कार्यालयका जयदेव विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार