१२ श्रावण २०८१, शनिबार

अन्तरविद्यालय क्रिकेट : ऐश्वर्य र मयुर विजयी



धनगढी । धनगढीमा जारी अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको शुक्रबारका खेलमा ऐश्वर्य विद्या निकेतन र मयुर बोर्डिङ स्कुल विजयी भएका छन् ।
जिल्ला क्रिकेट संघको आयोजनामा भईरहेको प्रतियोगिताको शुक्रबारको पहिलो खेलमा मयुर स्कुलले मालिका बोर्डिंग स्कुललाई ३३ रनले पराजित गर्‍यो ।
टस जितेर व्याटिङ गरेको मयुरले एक सय १६ रन बनायो । मयुरका हरि धानुकले ५१ बनाए । त्यस्तै, साहिल कायस्थ तथा अशोक कटुवालले ११/११ रन बनाए ।
बलिङतर्फ मालिकाका लोकेन्द्र खनाल, विनोद लोथ्याल र सम्राट हमालले तीन/तीन विकेट लिए ।
प्रतिउत्तरमा मालिका ८३ रनमा समेटियो । मालिका धन कु‘वरले १४ तथा सम्राट हमालले १२ रन बनाए । खेलको म्यान अफ द म्याच मयुरका साहिल कायस्थ बने ।
शुक्रबारकै दोस्रो खेलमा ऐश्वर्यले ग्ली एकेडेमीलाई एक सय २३ रनको भारी अन्तरले हरायो ।
टस हारेर ब्याटिङ गर्न निम्त्याइएको ऐश्वर्यले एक सय ६७ रन बनायो । ऐश्वर्यका विरेन्द्र महराले ६४, आयुष कु‘वरले ३५, प्रविण जोशीले २० र लोकेश हमालले १४ रन बनाए ।
एक सय ६८ रनको लक्ष्य पाएको ग्ली ४५ रनमा अलआउट भयो । ग्लीका सौरभ श्रेष्ठले १८ रन बनाए । सो खेलमा ऐश्वर्यका विरेन्द्र महरा म्यान अफ द म्याच बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार