६ माघ २०८१, आईतवार

महिला हिंसा विरुद्धको नेतृत्व विकास कार्यक्रम



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्तरीय महिला सञ्जालको आयोजना र बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा बिहीबारदेखि महिला हिंसा विरुद्धको नेतृत्व विकास तथा सशक्तिकरण कार्यक्रम शुरु भएको छ । कार्यक्रम आज (शुक्रबार) सम्म सञ्चालन हुने जनाइएको छ ।
कार्यक्रमको वडाध्यक्ष रामकृष्ण डंगौराले उद्घाटन गरे । उद्घाटन कार्यक्रम वडा स्तरीय महिला सञ्जालका अध्यक्ष विमला देवी डंगौराथारूको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा अधिवक्ता डाक्टर जानकी तुलाधारले सहजीकरण गरिरहेकी छन् ।
कार्यक्रममा ५० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार