१२ माघ २०८१, शनिबार

सुरक्षित वैदेशिक रोजगारसम्बन्धी छलफल



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा बिहीबार सुरक्षित वैदेशिक रोजगार सम्बन्धी वडा स्तरीय छलफल भएको छ ।
आप्रवासी कामदार हकहीत संरक्षण केन्द्र बर्दगोरिया गाउँपालिका स्तरीय समितीको आयोजनामा भएको छलफल कार्यक्रमको वडाध्यक्ष पुरनसिंह बिसीले उद्घाटन गरेका थिए । कार्यक्रम आप्रवासी कामदार हकहीत संरक्षण केन्द्र बर्दगोरिया सञ्जालका अध्यक्ष देवेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको थियो ।
छलफलमा वडाध्यक्ष बिसीले आगामी दिनमा बर्दगोरिया गाउँपालिकाभित्र आइपर्ने वैदेशिक रोजगारसम्बन्धी समस्या र गुनासा सम्बोधन गर्न गाउँपालिकाले विशेष पहल गर्ने बताए ।
संरक्षण केन्द्र बर्दगोरिया सञ्जालका कोषाध्यक्ष लक्ष्मी सापकोटाले स्वागत गरेको कार्यक्रमको सचिव नवीन ढुंगानाले सञ्चालन गरेका थिए ।
कार्यक्रममा ५० जनाको सभागिता रहेको थियो । सञ्चार प्रतिष्ठान नेपालका अधिकृतद्वय मुकेश टेर्रा र शान्ति भाटले वैदेशिक रोजगार जानु अघि लिनु पर्ने तालिम, वैदेशिक रोजगारीमा जाँदा हुन सक्ने समस्या र समाधान बारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार