१२ माघ २०८१, शनिबार

अन्तरविद्यालय क्रिकेट : एक्सिस र शारदा उमावि विजयी



धनगढी । धनगढीमा जारी अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा एक्सिस विद्याश्रम र शारदा उच्च माध्यामिक विद्यालय टिम विजयी भएका छन् ।
पहिलो खेलमा शारदा उमाविले शिद्धार्थ शिशु सदनलाई छ रनले पराजित गर्‍यो । टस जितेर फिल्डिङ रोजेको शिद्धार्थ शिशु सदनले एक सय २९ रनको विजय लक्ष्य पाएको थियो ।
शारदाका जीवन अछामीले २७, विमल ओलीले २०, जीवन चन्दले १८ र राजु चौधरीले १२ रन बनाएका थिए । बलिङतर्फ शिद्धार्थका सजन श्रेष्ठ र विवेक चन्दले दुई/दुई विकेट लिए ।
प्रतिउत्तरमा शिद्धार्थले एक सय २३ रनमात्र बनाउन सक्यो । शिद्धार्थका रितेश परियारले ३४, पारस विष्टले ११, पदम जोशी र किरन बमले १०/१० रन बनाए । शिद्धार्थलाई छ रनले हराउन भूमिका खेलेका शारदाका गौरव कार्की, रमेश विष्ट र जीवन अछामीले दुई/दुई विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच शारदाका जीवन अछामी भए ।
त्यस्तै, दोस्रो खेलमा एक्सिसले बासुदेवी माविलाई नौ रनले हरायो । टस जितेर व्याटिङ रोजेको एक्सिसले ७४ रन बनायो । एक्सिसका बरुण ढाटले २० र ईश्वर राउतले ११ रन बनाएका थिए ।
७५ रनको विजय लक्ष्य पाएको बासुदेवी ६६ रनमा समेटियो । बासुदेवीका पुस्कर ऐरले १४ रन बनाए । खेलको म्यान अफ द म्याच एक्सिसका राकेश विष्ट बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार