पार्टी एकीकरणको खुसीयालीमा दीप प्रज्ज्वलन



धनगढी । नेकपा (एमाले) र नेकपा–माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्यूनिष्ट पार्टी गठन भएको खुसीयालीमा कैलालीका विभिन्न स्थानमा पार्टी कार्यकर्ताहरूले बिहीबार दीप प्रज्ज्वलन गरेका छन् ।
पार्टी एकताको खुसीयालीमा धनगढीमा दीप प्रज्वलन गरिएको छ । सो अवसरमा विघठित नेकपा एमाले कैलालीका अध्यक्ष तथा प्रदेश सरकारका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले ऐतिहासिक पार्टी एकताले देशलाई गति दिने बताए ।
सो अवसरमा मन्त्रीहरू पठानसिंह बोहरा, माया भट्ट, झपटबहादुर बोहरा र विनिता चौधरी विघठित एमालेका प्रदेश सदस्य दिनेशचन्द्र सुवेदी, जिल्ला सचिव रणबहादुर चन्द, विघठित माओवादी केन्द्रका नेता रमेश धामी लगायतको उपस्थिति रहेको थियो ।
नेता विमलकुमार जोशीका अनुसार अनुसार टीकापुर, लम्की, अत्तरिया, फुलवारी, मसुरिया, चौमाला, वनवेहडा, राजीपुर, सुखड लगायतका स्थानमा पनि पार्टी एकताका अवसरमा दीप प्रज्वलन गरिएको थियो ।

 

सम्बन्धित समाचार

एमाले–माओवादीबीच एकता : केन्द्रमा को–को परे ?

प्रतिक्रिया दिनुहोस्