चुहालम्की उवासंघ निर्वाचन : दुई प्यानल प्रचारप्रसारमा
लम्की । आगामी ६ गते हुने लम्कीचुहा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको निर्वाचनका लागि दुई प्यानल मैदानमा उत्रिएका छन् ।
सुशीला शाही र चुडामणि भण्डारीले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
नेपाली काँग्रेसले शाहीलाई समर्थन गरेको छ भने नेकपा एमाले, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीले भण्डारीलाई समर्थन गरेका जनाइएको छ ।
शाहीको प्यानलमा वरिष्ठ उपाध्यक्ष उद्योगतर्फ खडानन्द सापकोटा, उपाध्यक्ष वाणिज्यमा पदमराज जैशी, उपाध्यक्ष वस्तुगतमा सञ्जय बुढा, महासचिवमा लवबहादुर शाही, कोषाध्यक्षमा अमित भण्डारी र सचिवमा टंकप्रसाद जोशी उम्मेदवार रहेका छन् ।
त्यस्तै सदस्यमा गणेशराज ओली, ताराप्रसाद तिमिल्सैना र लोकबहादुर देउवा रहेका छन् ।
त्यस्तै, भण्डारी नेतृत्वको प्यानलको वरिष्ठ उपाध्यक्ष उद्योगतर्फ डिल्लीप्रसाद गडतोला, वाणिज्यतर्फ जनकबहादुर शाही वस्तुगततर्फ मनिष न्यौपाने, महासचिवमा जनक सिंह, कोषाध्यक्षमा जयराम चौधरी र सचिवमा पुष्प ढकाल उम्मेदवार रहेका छन् । भने सदस्यमा लोगबहादुर बिष्ट, तप्त ढकाल, नेत्र थापा र प्रेमभक्त रेग्मी उम्मेदार छन् ।