११ श्रावण २०८१, शुक्रबार

अपाङ्गता तथा जेष्ठ नागरिकका लागि आँखा शिविर



लम्की । कैलालीको बर्दगोरिया गाउँपालिकामा बुधबार अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरूका लागि नि:शुल्क आँखा शिविर भएको छ ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को आयोजना र गाउँपालिका स्वास्थ्य शाखा तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर भएको जनाइएको छ ।
आँखा शिविरमा तीन सय ६७ जनाको नि:शुल्क आँखा चेकजाच गरिएको वडा नम्बर ४ का अध्यक्ष पुरनसिंह विसीले जानकारी दिए ।
शिविरमा धनगढी नेत्रालयका आँखा रोग विशेषज्ञ आशिष पाण्डेसहितको टोलीले सेवा प्रदान गरेको थियो ।
शिविरमा चेकजाच गराएका मध्ये एक सय ५ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको बर्दगोरिया स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले जानकारी दिए । शिविरमा चश्मा पनि वितरण गरिएको थियो ।
शिविरमा अपाङ्गता भएका ४२ जनाको पनि आँखा चेकजाच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार