१२ श्रावण २०८१, शनिबार

अभाव छन् कर्मचारी



धनगढी । देश संघीय संरचनामा प्रवेश गरी स्थानीय जनप्रतिनिधि निर्वाचित भएको वर्ष पुग्नै लाग्दा पनि जिल्लाका १३ वटै स्थानीय तहमा कर्मचारी समायोजन हुन सकेका छैनन् । जिल्लाका नगरपालिकाहरूमा दरबन्दीअनुसार कर्मचारी संख्या पुगे पनि दक्ष तथा प्राविधिक कर्मचारीको भने अभाव भएको । गाउँपालिकाहरूमा भने वडा सचिवदेखि प्राविधिक कर्मचारीको अभाव रहेको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले भने– ‘हामीसँग कर्मचारी आवश्यकता भन्दा बढी छन्, तर कृषि, स्वास्थ्य, लगायतका दक्ष प्राविधिक कर्मचारी छैनन् ।’ उनले उपमहानगरपालिकाले अधिकांस कार्यक्रमहरू सञ्चालन गरे पनि कृषिको प्राविधिक कर्मचारी नहुँदा कृषिका कार्यक्रम सञ्चालन गर्न नसकेको बताए ।
चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगरले छ वडा रहेको गाउँपालिकामा एक जना पनि वडा सचिव नरहेको बताए । उनले शिक्षा संयोजक, कृषि प्राविधिक लगायतका कर्मचारी नहुँदा पनि समस्या भएको बताए ।
जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष गीता कठरियाले सात वटा वडा रहेको गाउँपालिकामा दुई जनामात्र वडा सचिव रहेको बताइन् । उनका अनुसार एक वडा सचिवले तीन वडा र अर्कोले चार वडाको काम गरिरहेका छन् । उनले यथाशिघ्र गाउँपालिकामा आवश्यकता अनुसारको कर्मचारी समायोजन गर्नुपर्ने माग गरिन् ।

 

सम्बन्धित समाचार

स्थानीय सरकारको एक वर्ष

डुमलियावासी भन्छन्– स्थानीय सरकारको अनुभव गर्न पाएनौं

नगर प्रमुखमाथि आक्रमणदेखि दुर्घटनासम्म

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार