१२ माघ २०८१, शनिबार

विद्यालय भर्ना अभियान सुस्त



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान सुस्त देखिएको छ ।
गाउँपालिकामा रहेका १७ सामुदायिक विद्यालयमध्ये अधिकांसमा विद्यार्थी भर्नाको दर न्युन देखिएको छ । सोमबार विद्यालय अनुगमनका क्रममा विद्यार्थी भर्नादर न्यून पाइएको गाउँपालिका उपाध्यक्ष भगवती डगौंरा थारुले बताइन् ।
उपाध्यक्ष डंगौराले अभिभावक, व्यवस्थापन समिति तथा विद्यालय प्रशासनको कमजोरीका कारण विद्यार्थी भर्नादरमा सुधार आउन नसकेको बताइन् ।
गाउँपालिकाका प्राथमिक विद्यालयमा अहिलेसम्म एक सयको दरमा विद्यार्थी भर्ना नभएको पाइएको उनले बताइन् ।
गाउँपालिकामा रहेका बसन्त मुरारी, मोहन्याल मावि, जगदम्भिके मावि, मोतिभागीरथि र बालकन्या आधारभुत विद्यालयमा मात्रै विद्यार्थी भर्ना दर राम्रो रहेको पाइएको उपाध्यक्ष डंगौराले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार