१२ माघ २०८१, शनिबार

बसको ठक्करबाट एकको मृत्यु



धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ को डोडापुलमा बसले ठक्कर दिँदा सोमबार एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ८२३२ नम्बरको बसको ठक्करबाट घोडाघोडी नगरपालिका वडा नम्बर १ का १६ वर्षीय दीपक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते दीपकलाई उपचारका लागि स्थानीय घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले चौधरीलाई अन्यत्र रेफर गरेपछि कोहलपुर लैजादै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार