६ माघ २०८१, आईतवार

रक्तदान कार्यक्रम



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ झगडपुरमा रहेको संत निरकारी मण्डलको भवनमा शनिबार रक्तदान शिविर भएको छ ।
समर्पण दिवसको अवसरमा संत निरकारी मण्डल बौनिया शाखाको आयोजनामा र नेपाल रेडक्रस जिल्ला शाखा कैलालीको सहयेगामा ‘रगत नालीमा होइन्, नाडीमा बगाऔं’ भन्ने नारासहित रक्तदान शिविर भएको थियो ।
कार्यक्रममा संत निरकारी मण्डलका प्रधान नरबहादुर रावल, बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम चौधरी, वडा नम्बर २ का अध्यक्ष भिख्खु चौधरी, संत निरकारी मण्डल बौनिया शाखाका मुखिया विजय कुँवर, वडा नम्बर १ का अध्यक्ष जयरूप खतिवडा, ३ का अध्यक्ष करने सुनारले मन्तव्य व्यक्त गरेका थिए ।
रक्तदान शिविरमा ७९ पिन्ट रगत संकलन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार