धनगढीमा अज्ञात समुहद्वारा चर्चमा बम विस्फोट



धनगढी । कैलालीको धनगढीमा अज्ञात समुहले चर्चमा बम विस्फोट गराएको छ। शनिबार राति ११ बजेतिर धनगढी उपमहानगरपालिका–३, बोराडाँडीस्थित महिमा चर्चमा प्रेसर कुकर बम विस्फोट भएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विस्फोटबाट मानवीय क्षति भने नभएको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए। बम कसले र किन राखेको भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।
उनका अनुसार विस्फोटबाट चर्चको ३ वटा झ्याल र दराजमा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्