सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम



धनगढी । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र बर्दगोरिया गाउँपालिका स्तरीय सञ्जाल समितीको आयोजनामा शुक्रबार बर्दगोरिया गाउँपालिकामा सुरक्षित आप्रवासनका लागि चेतनामूलक कार्यक्रम भएको छ ।
कार्यक्रमको बर्दगोरिया गाउँपालिका उपाध्यक्ष भगवती डंगौराथारूले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम आप्रवासी कामदार हकहीत संरक्षण केन्द्र बर्दगोरिया सञ्जालका अध्यक्ष देबेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष डंगौराले आगामी दिनमा बर्दगोरिया गाउँपालिकाभित्र आइपर्ने वैदेशिक रोजगारी सम्बन्धी समस्याहरू समाधानका लागि विशेष पहल गर्ने बताए ।
वडाध्यक्ष भेखुराम चौधरीले बर्दगोरिया गाउँपालिकाभित्रका युवाहरूलाई सकेसम्म स्वेदशमै रोजगारी गर्ने वातावरणको सिर्जना गर्न पहल गरिने बताए ।
कार्यक्रममा संरक्षण केन्द्रका कैलाली जिल्ला उपाध्यक्ष चन्द्र कँडेलले आप्रवासी संरक्षण केन्द्र कैलालीको अगुवाईमा विदेशमा अफ्ठेरोमा परेका चार जनालाई स्वेदश ल्याउन सफल भएको जानकारी गराए ।
संरक्षण केन्द्रको बर्दगोरिया सञ्जालका कोषाध्यक्ष लक्ष्मी सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव नवीन ढुंगानाले गरेका थिए ।
कार्यक्रममा ५० जना सहभागी रहेका थिए । कार्यक्रममा सञ्चार प्रतिष्ठान नेपालका कार्यक्रम अधिकृत कृष्ण विक तथा शान्ति भाटले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्