१२ श्रावण २०८१, शनिबार

अन्तरविद्यालय क्रिकेट प्रतियोगिता शुरु



धनगढी । कैलालीको धनगढीमा शुक्रबारदेखि अन्तरविद्यालय क्रिकेट प्रतियोगिता–२०७५ शुरु भएको छ ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र प्रहरी नायव महानिरिक्षक (डिआईजी) शरद चन्दले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम संघका अध्यक्ष रतन कठायतको अध्यक्षतामा भएको थियो ।
धनगढीको अञ्चल प्रहरी कार्यालयको खेलमैदानमा भईरहेको प्रतियोगितामा पहिलो दिन इमरल्ड एकेडेमी र मालिका उमाविबीच खेल भएको थियो ।
इमरल्ड एकेडेमीले मालिका उमावीलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
इमरल्ड एकेडेमीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसगै मालिका उमावीलाई ब्याटिङको निम्तो दिएको हो । मालिका उमावीले निधारित २० ओभरको खेलमा १७.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा एक सय २० रनमात्र बनाउन सक्यो । ब्याटिङतर्फबाट मालिका उमावीका लागि अरुण नेपालीले १८ बलको सामना गर्दै आक्रामक ३४ रन बनाउदा किरन खड्काले १८ बलको सामना गर्दै महत्वपूर्ण १७ रनको पारी खेल्न सफल भएका छन् । त्यस्तै सम्राट हमालले १४ बलको सामना गर्दै १६ रन बनाउदै आफनो टिमलाइ सम्मानजनक स्थितिमा पुऱ्याउन सफल भएका छन् ।
बलिङतर्फ इमरल्ड एकेडेमीका लागि बिबेक बयलकोटीले ३.२ ओभरमा १९ रन खर्चदा भुपेश ओझाले पनि चार ओभरमा २० रन खर्चंदै समान ३/३ विकेट लिन सफल हुँदा कप्तान सुनिल भण्डारीले ४ ओभरमा २४ रन खर्चंदै २ विकेट लिन सफल भए ।
एक सय २१ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको इमरल्ड एकेडेमीले निधारित २० ओभरको खेलमा १९.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय २४ रन बनाउदै रोमाञ्चक चार विकेटको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भएको छ ।
ब्याटिङतर्फ इमरल्ड एकेडेमीका लागि अंकित औजिले ३९ बलको सामना गर्दै सर्वाधिक ३२ रन बनाउदा शाहिल मल्लले २७ वलको सामना गर्दै अविजित २५ रन बनाउदै आफनो टिमलाई जित दिलाउन सफल भएका छन् । त्यस्तै भरत सिंहले १७ बलको सामना गर्दै १५ रन बनाउदा सुनिल चौधरीले १५ बलको सामना गर्दै १२ रन बनाउन सफल भएका छन् । बलिङतर्फ मालिका उमावीका लागि किरन खड्काले चार ओभरमा १७ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा अरुण नेपालीले चार ओभरमा १६ रन खर्चंदै दुई विकेट लिन सफल भएपनि आफनो टिमलाई जित भने दिलाउन सकेनन् ।
खेलको म्यान अफ दी म्याच इमरल्ड एकेडेमीका विवेक वयलकोटी घोषित हुन सफल भएका छन् ।
आज (शनिबर) पहिलो खेल शारदा मावि र मयुर ईग्लिस बोर्डिङ स्कुलबिच हुने छ भने दोस्रो खेल क्यास्पियन एकेडेमी र एरिष्टो ईङलीस स्कुलबिच हुने संघका सचिव विक्रम विष्टले जानकारी दिए । शुक्रबारदेखि शुरु भएको खेल १० गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा विजेतालाई २० हजार रुपैया र उपविजेतालाई १० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार