१२ माघ २०८१, शनिबार

सालको काठसहित दुई पक्राउ



धनगढी । कैलालीको धनगढीमा सालको काठसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ कान्तिपुरटोलबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३० वर्षीय मुकेश राना र ३२ वर्षीय श्याम राना रहेका छन् ।
कैलाली प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार गोरुगाडामा ल्याउदै गरेको ७ फिट लम्बाईका अवैध सालको काठ बरामद गरिएको हो । प्रहरी प्रमुख (एसपी) घिमिरेले काठ सहित गोरुगाडा आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय कैलालीमा पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार