आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको साधारण सभा
टीकापुर । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीको तेस्रो वार्षिक साधारण सभा बिहीबार टीकापुरमा भएको छ ।
साधारण सभाको सुरक्षित आप्रवासन (सामी) परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरीले एक समारोहबीच उद्घाटन गरे ।
उद्घाटन कार्यक्रम आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीका अध्यक्ष नारायण विकको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा परियोजनाका जिल्ला संयोजक चौधरीले आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको सहयोग तथा पहलमा वैदेशिक रोजगारमा हुने ठगीमा कमी आइरहेको चर्चा गरे ।
कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक एकिन्द्र तिमिल्सनाले सुरक्षित वैदेशिक रोजगारी लागि सरकारले प्रदेशस्तरमा सेवा सुविधा विस्तार गर्दै व्यवस्थित गर्दै गएको बताए ।
सञ्चार प्रतिष्ठान नेपाल कैलालीका अधिकृत कृष्णबहादुर विकले वैदेशिक रोजगारमा हुने ठगीलाई स्थानीय तह तथा स्थानीय प्रशासनले व्यक्तिगत घटनाको रूपमा लिने गरेको चर्चा गरे ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र गठन भए पश्चात कैलालीमा हुने वैदेशिक रोजगारको विभिन्न घटनाको पहल गर्दै सफलता प्राप्त गरेको छ । केन्द्रको सहयोगले २५ जनाबाट ३९ लाख ८४ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउन सफल, २१ जनाको पासपोर्ट फिर्ता, १ जनालाई सम्झौता बमोजिम तलब उपलब्ध लगाएत जनचेतना मुलक कार्यक्रम, अभिमुखिकरण कार्यक्रमल रोजगारमा जाने सुचनाका प्रवाह गरी लागत खर्चमा न्यूनीरकण गरेको छ ।
क्षमता अभिबृद्धिमूलक तालिम
कैलालीको टीकापुरमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरूका लागि आयोजित क्षमता अभिवृद्धिमूलक तालिम बिहीबार समापन भएको छ ।
समापन कार्यक्रम सञ्चार प्रतिष्ठान नेपाल, कैलालीका उपाध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको थियो ।
तालिममा टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिकाका आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीको सहभागिता रहेको थियो ।
दुई दिनसम्म सञ्चालन भएको तालिममा सामी परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरी, सञ्चार प्रतिष्ठान नेपालका कार्यक्रम संयोजक एकिन्द्र तिमिल्सिना, अधिकृत कृष्ण विक, सामाजिक परिचालक मुकेश चौधरीले प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।