कराँते दो युजेनकाईमा शाह
धनगढी । नेपाल गोजुरियो कराँते दो युजेनकाइ संघ अछामको प्रकाश शाहको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छविराज ढुंगानाको उपस्थितिमा गठित जिल्ला कमिटीको उपाध्यक्षमा झंकरबहादुर कुँवर, सचिवमा ललितबहादुर कुँवर, सहसचिवमा खेमराज ढुंगाना र कोषाध्यक्षमा राजेन्द्र कोली चयन भएका छन् ।
त्यस्तै, सदस्यमा बहादुरसिंह ओड, सरिता बिष्ट बोगटी, शंकर भुल, टिकेन्द्र भण्डारी, धिरज रावल, ढेकेन्द्र कुँवर रहेका छन् ।
त्यस्तै, सल्लाहकार समितिका संयोजक छविलाल ढुंगाना रहेका छन् भने सदस्यमा वीरमला बुढा थापा, बालगिरी कुँवर, लालबहादुर खड्का, नैंनबहादुर कुँवर रहेका छन् ।