खोकाछाप्रा व्यवस्थित गर्न संघर्ष समिति



धनगढी । कैलालीको गोदावरी नगरपालिकामा खोका छाप्रा व्यवस्थित गर्न संघर्ष समिति गठन गरिएको छ ।
गोदावरी नगरपालिका–१ स्थित रहेको दुर्गा मन्दिरबाट खोकाछाप्रा व्यवस्थित गर्न नन्दसिंह विष्टको नेतृत्वमा संघर्ष समिति गठन गरिएको छ ।

फाइल तस्बिर

बुधबार एक सय ५० जनाको समूहले खोका छाप्रा व्यवस्थित गर, व्यापार व्यवसाय गर्ने वातावरण सिर्जना गर, हाम्रो माग पुरा गर जस्ता नारा लगाउँदै गोदावरी नगरपालिकामा छलफल भएको थियो ।
छलफलमा गोदावरी नगरपालिका–२, बसपार्क पछाडि रहेको दुर्गालक्ष्मी सामुदायिक वनको खाली जग्गामा वा वडा नम्बर १ मा रहेको सुरक्षा महिला सामुदायिक वनको खाली जग्गामा वा वडा नम्बर १ र २ भित्र कुनै व्यक्तिको निजी जग्गा खोजी उक्त जग्गालाई भाडामा लिई खोका छाप्राहरू व्यवस्थापन गर्ने सहमति भएको नगर प्रमुख हरिसिंह साउँदले बताए ।

प्रतिक्रिया दिनुहोस्