१२ श्रावण २०८१, शनिबार

कैलाली भ्रमण वर्ष : घोडाघोडी क्षेत्रमा अतिथिको स्वागत



धनगढी । कैलाली भ्रमण वर्ष २०७५ को शिलशिलामा आइतबार अतिथिहरूलाई प्रशिद्ध घोडाघोडी सिमसार क्षेत्रमा स्वागत गरिएको छ ।
घोडाघोडी नगरपालिकाको आयोजनामा अतिथिहरूलाई स्वागत गरिएको थियो । सो अवसरमा राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाल, प्रतिनिधि सभा, राष्टिय सभा तथा प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्वागत गरिएको थियो ।
घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी, उपप्रमुख प्रेमकुमारी थापा र प्रदेश संसद अमर साउदले अतिथिहरूलाई स्वागत गरेका थिए । स्वागत कार्यक्रममा स्थानीय नाचहरू प्रस्तुत गरिएको थियो ।
‘पर्यटकीय क्षेत्रको संरक्षण सम्वद्र्धन तथा प्रचारप्रसार, कैलाली विकासको मुल आधार’ भन्ने नारासहित जिल्ला समन्वय समिति कैलालीको पहलमा कैलाली भ्रमण वर्ष आयोजना भएको छ ।
त्यस्तै, आइतबार नै अतिथिहरूले बर्दगोरिया धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् ।
कैलाली भम्रण वर्ष २०७५ अन्तर्गत बर्दगोरिया गाउपालिका स्तरीय मुल समारोह संयोजक एवं बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डंगौराथारूको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार