उज्यालो प्रदेश बनाउने छौं– मुख्यमन्त्री
धनगढी । प्रदेश नम्बर ७ का मुुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश नम्वर ७ लाई उज्यालो प्रदेश बनाउन उर्जामैत्री कानुन निर्माणको पहल भइरहेको बताएका छन् ।
बुधबार धनगढीमा आयोजित वैकल्पिक उर्जा प्रवद्र्धन तथा प्रदेश सरकारको भूमिका विषयक कार्याशाला गोष्ठीमा मुख्यमन्त्री भट्टले झोलामा खोला हाल्ने परिपाटीले वैकल्पिक उर्जाको क्षेत्रमा आशातित प्रगति हुन नसकेको चर्चा गरे ।
मुख्यमन्त्री भट्टले भने– ‘अहिलेसम्म झोलामा खोला हालेर च्याखे थाप्नेहरूले गाउँघर उज्यालो हुन दिएनन्, अव यस्तो प्रवृति हटाउन प्रदेश सरकार लाग्छ ।’
कार्याशाला गोष्ठीमा प्रदेश सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला बडाल, प्रदेश सरकारका मन्त्री, सांसदहरू तथा उर्जा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो ।