८ पुष २०८२, मंगलवार

कैलाली भ्रमण वर्ष : सरोकारवालासँग छलफल



बौनिया । कैलाली भ्रमण वर्ष २०७५ को तयारीका क्रममा मंगलबार कैलालीको बौनियामा सरोकारवालासँग छलफल गरिएको छ ।
बर्दगोरिया गाउँपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, बौनिया बजार व्यवस्थापन समितिका पदाधिकारी, भलमन्सा, होटल व्यवसायी, बुद्धिजिवि, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
‘पर्यटकीय क्षेत्रको संरक्षण, सम्ंबद्र्धन एव प्रचारप्रसार, कैलाली जिल्ला विकासको मूल आधार’ भन्ने नारा दिइएको भ्रमण वर्ष २०७५ मा कैलालीका विभिन्न पर्यटकीय सम्भावनाहरू जस्तै चिसापानि क्षेत्र, कर्णाली नदिमा रयाफ्प्टिङ, राजकाडा, डल्फिन संरक्षण तथा प्रजनन केन्द्र, बल्चौर औधोगिक क्षेत्र, लम्की नगर उद्यान, कर्णाली करीडोर, सुदूरपश्चिमको भेषभुषा एंव संस्कृति, थारू, मगर जातिको संस्कृति, टीकापुर बृहत उद्यान, बर्दगोरिया धार्मिक तथा पर्यटकीय क्षेत्र, घोडाघोडी ताल, बसन्ता जैविक मार्ग, गोदावरी धाम, मोहन्याल क्षेत्र, टीकापुर बंगला, त्रिवेणी धाम, बेहडाबाबा, खानीडाँडा लगायत प्राकृतिक, स्रोत र सम्पदाको प्रचारप्रसार गरी पर्यटन प्रवद्धनका माध्यमबाट कैलाली जिल्लालाई आय आर्जन रोजगारमूलक र विकसित जिल्ला बनाउन कैलाली भ्रमण वर्ष २०७५ को मुख्य उद्देश्य रहेको छ ।
बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलीराम चौधरीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा भ्रमण वर्ष सफल पार्नका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
गाउँपालिका अध्यक्ष चौधरीको संयोजकत्वमा ४९ सदसीय जनपरिचालन मूल समिति गठन गरिएको छ । बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष रूपक सुनारको संयोजकत्वमा ५ सदस्यीय सरसफाई उपसमिति गठन गरिएको छ ।
त्यसैगरी प्रकाश साउँदको सयोजकत्वमा ५ सदस्यीय गेट निर्माण उपसमिति गठन गरिएको छ । त्यस्तै भिख्खु चौधरीको सयोजकत्वमा ७ सदस्यीय सांस्कृतिक उपसमिति गठन गरिएको छ । यसैगरी कृष्ण विष्टको सयोजकतवमा ५ सदस्यीय मञ्च व्यवस्थापन तथा यातायात उपसमिति गठन गरिएको छ ।
त्यस्तै, लीलाजंग शाहीको संयोजकतवमा ४ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । यसैगरी, जगत साउँदको सयोजकत्वमा ७ सदस्यीय अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार