कैउवासंघको निर्वाचन : चुनावी प्रचारप्रसार तीब्र



धनगढी । आगामी २२ गते हुने कैलाली उद्योग वाणिज्य संघको ४६ औं चुनावी साधारण सभामा छुट्टाछुट्टै प्यानल सहित निर्वाचनमा उत्रिएका रूपेश स्वाँर र पुष्पराज कुँवरले मंगलबार कैलालीको बौनियामा घरदैलो अभियान गरेका छन् ।
दुवै प्यानल सहित बौनिया लगायत कैलालीका अन्य ठाउँमा पनि घरदैलो कार्यक्रम गरेका हुन ।
कुँवर नेतृत्वको प्यानलले व्यवसायिक एकता र आर्थिक समृद्धिको नारा दिएको छ । भने स्वाँर नेतृत्वको प्यानलले व्यवसायिक हकहित, संरक्षण तथा समग्र प्रदेश नम्बर ७ को आर्थिक, सामाजिक, समृद्धि हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ चुनावमा होमिएको छ ।

प्रतिक्रिया दिनुहोस्