१८ पुष २०८१, बिहीबार

गौसंरक्षण महायज्ञ शुरु



धनगढी । कैलालीको धनगढी उपमहानरपालिकाको शिवपुरी धाममा गौ संरक्षण महायज्ञ २०७५ शुरु भएको छ । जिल्लामा छाडा गाईहरूको समस्या विकराल बन्दै गएपछि धनगढी उपमहानगरपालिकाका सहयोगमा महायज्ञ सञ्चालनमा आएको हो । महायज्ञको मंगलबार श्री स्वामी १००८ देवराज आचार्यले उद्घाटन गरे ।
महायज्ञ आगामी २८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
सो अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले दूध दिउन्जेल पाल्ने र दूध दिन छोडेपछि छाडा छोड्ने प्रवृति नियन्त्रण गर्न गौसंरक्षण महायज्ञले टेवा पुग्ने विश्वास व्यक्त गरे ।
नगर प्रमुख वडले महायज्ञबाट संकलित रकमबाट अक्षय कोष निर्माण गरी गाईको आहाराको लागि खर्च गरिने बताए ।
गौशाला निर्माणको लागि गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिको बीचमा रहेको भल्का सामुदायिक बनको एक सय ५० विघा जमिनलाई प्रयोगमा ल्याउन पहल भइरहेको छ ।
महायज्ञले धनगढी महानगरपालिका र गोदावरी नगरपालिकाका छाडा चौपाया व्यवस्थापनका लागि महायज्ञ लगाईने महयज्ञ मुल आयोजक समितिका संयोजक योगेश मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार