११ श्रावण २०८१, शुक्रबार

प्रहरी जवानमाथि कारबाही



धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी जवान दीपेन्द्रबहादुर चन्दमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।
कैलाली प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले प्रहरी जवान चन्दले प्रहरी आचरण विपरीत कार्य गरेकोले प्रहरी ऐन नियमावली बमोजिम अनुशासनको कारबाही भइरहेको बताए ।
आइतबार सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रहरी नायव उपरिक्षक बुढामगरले भने– ‘प्रहरी जवान चन्दले केही दिन अगाडि प्रहरी महानिरीक्षकज्यूलाई सम्बोधन गरी लेखेको पत्र र आफ्नो यूनिफर्म लगाएको फोटो सहित सामाजिक सञ्जाल लगायतका सञ्चार माध्यममा प्रकाशन, प्रसारण गरी प्रहरी आचरण विपरीत कार्य गरेका थिए ।’
‘प्रहरी जवान चन्दलाई यस्तो आचरण विपरीत कार्य गर्नु हुँदैन, यस्ता कुरा सामाजिक संजालमा पोष्ट गर्नु हुँदैन, संगठनको सदस्य भएर रहँदा राज्य र नागरिकप्रति जवाफदेही भएर संगठनको काम गर्नु पर्छ भनेर सम्झाई बुझाई ड्यूटीमा पठायौं’ उनले भने– ‘तर, विभिन्न सञ्चार माध्यममा प्रहरी नायव उपरीक्षक समेतले कुटपिट र दुव्र्यवहार गरेको भनी समाचार प्रसारण/प्रकाशन गरिएको छ ।’ उनले यस्तो किसिमको कार्य प्रहरीका कोही पनि उच्चाधिकारीबाट नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार