११ श्रावण २०८१, शुक्रबार

प्रदेश सातको अल्पकालीन बजेट पारित



धनगढी । सात नम्बर प्रदेशको आगामी तीन महिनाका लागि प्रस्तुत भएको अल्पकालीन बजेट प्रदेश सभाबाट पारित भएको छ ।
गत आइतबारको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रस्तुत गरेको अल्पकालिन बजेट शनिबारको बैठकले सर्वसम्मतरूपमा पारित गरेको हो ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँंग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सदस्यहरूले बजेटमाथि राखेको खर्च कटौतीको संशोधन प्रस्ताव फिर्ता लिएपछि अल्पकालीन बजेट सर्बसम्मतरूपमा पारित भएको थियो ।
कांग्रेसका कर्णबहादुर मल्ल र राजपाका कृष्ण चौधरीले शंसोधन प्रस्ताव दर्ता गराउनु भएको थियो । उनीहरुले आर्थिक मामिला तथा योजनामन्त्री बोहराले प्रदेश सभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशसभासँग उत्तरदायी रहेर बजेट कार्यान्वयन गर्ने र अर्को बजेटमा छुटेका सवाल समेटेर ल्याउने बताएपछि शंसोधन प्रस्ताव फिर्ता लिएको बताए ।
प्रदेश सभामा लामो छलफलपछि पारित भएको एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट मुख्य गरेर अध्ययन, अनुसन्धान र अनुदान केन्द्रीत रहेको छ ।
आगामी तीन महिनाभित्र खर्च गर्ने गरेर व्यय अनुमान मात्र गरिएको बजेटमा चालू खर्चतर्फ ८४ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, पुँजीगत खर्चतर्फ १५ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ । भने भैपरी आउने पु“जीगत खर्चतर्फ दुई करोड १४ लाख रुपैयाँ अनुमान गरिएको छ ।
चालू खर्चमध्ये भैपरि आउने चालू खर्चका लागि ५४ करोड २४ लाख २३ हजार विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार