२ माघ २०८१, बुधबार

कैउवासंघको निर्वाचन : दुई प्यानलबीच कडा प्रतिस्पर्धा



धनगढी । आगामी २२ गते हुन लागेको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका दुई प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
शुक्रबार उम्मेदवारी दर्ता गराएका संघका वर्तमान महासचिव रूपेश स्वाँर र कोषाध्यक्ष पुष्पराज कुँवर नेतृत्वको प्यानलले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएका छन् । शनिबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ ।
निर्वाचन समितिका संयोजक डाक्टर राजेन्द्रबहादुर चन्दका अनुसार स्वाँर नेतृत्वको प्यानलबाट उपाध्यक्ष उद्योगतर्फ गजराज पाण्डे, वाणिज्यतर्फ टेकबहादुर खड्का र वस्तुगततर्फ अनिलकुमार भुजनिया उम्मेदवार रहेका छन् ।
त्यस्तै, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीमराज ओझा (अब्बु) र सचिवमा सुजितराज शर्मा उम्मेदवार रहेका छन् ।
त्यसैगरी, कुँवर नेतृत्वको प्यानलबाट उपाध्यक्षमा उद्योगतर्फ पुष्करराज ओझा, वाणिज्यतर्फ गगनराज केसी र वस्तुगततर्फको उपाध्यक्षमा शिवराज कुँवर उम्मेदवार रहेका छन् ।
त्यस्तै, महासविचमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिवमा सिद्धराज पनेरू उम्मेदवार छन् ।
स्वाँर नेतृत्वको प्यानलबाट सदस्यमा तिलकबहादुर बोहरा, रवि कुँवर, भीमबहादुर शाही, भगतबहादुर थापा, शिव सोव, कमल कडायत, शम्भु लामिछाने, मदनराज रेग्मी, रूपेश खड्का, दीपकबहादुर रावल र ओमनारायण महतो उम्मेदवार रहेका छन् ।
त्यस्तै, कुँवर नेतृत्वको प्यानलबाट सदस्यमा लक्ष्मणराज पन्त, तिलकचन्द्र खतिवडा, मिलन कुँवर, मनोज अग्रवाल, धनबहादुर चौधरी, शिवराज सापकोटा, टोपबहादुर केसी, केशवराज जोशी, सुरेन्द्र कुमार बोहरा, विन्दु सुनार र गौतम महतो उम्मेदवार रहेका छन् ।
सदस्यमा शैलेन्द्र श्रेष्ठले स्वतन्त्र रूपमा रहेका छन् । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा ६ हजार दुई जना मतदाता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार