२५ भाद्र २०८१, मंगलवार

नातिद्वारा बृद्धा बज्यैमाथि बन्चरो प्रहार



धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टीपुरमा नातिले आफ्नी बृद्धा बज्यैमाथि शुक्रबार बन्चरो प्रहार गरेको छ ।
बिहान करिब ११ बजेतिर सन्देश बमले ७२ वर्षीया विष्णादेवी बममाथि बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
सन्देश पूर्व फरार अभियुक्त समेत रहेको ईलाका प्रहरी कार्यालयका इञ्चार्ज रामचन्द्र पन्तले जानकारी दिए । सन्देशले केही महिनाअघि होटल हाईवे प्लाजामा रहेको एक मोटरसाइकलमा आगो लगाएर फरार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार