१८ आश्विन २०८१, शुक्रबार

विश्व औंलो दिवस मनाइयो



टीकापुर । टीकापुर नगरपालिकाको आयोजनामा ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने नाराका साथ बुधबार विश्व औलो दिवस २०१८ मनाइएको छ ।
कार्यक्रमको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले उद्घाटन गरे । कार्यक्रम टीकापुर नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष रामलाल डगौंराथारूको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा नगरपालिका प्रमुख रावलले रोग लाग्नुभन्दा पहिले नै सावधानी अपनाउन आग्रह गरे ।
‘एनोफ्लिज’ नामको संक्रमित लामखुट्टेबाट रोग सर्ने भएकाले झुल प्रयोगलाई बढाउनुपर्नेमा टीकापुर नगरपालिकाका स्वास्थ्य संयोजक बलबहादुर रावलले बताए ।
नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई औलोमुक्त देश बनाउने लक्ष्य लिएको छ । कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दीर्घ ठकुल्ला, स्वास्थ्य स्वयंसेविका शारदा लोहार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि टीकापुर नगरपालिका वडा नम्बर ६ बेलुवा चौराहादेखि वडा नम्बर ७ सत्तीबजारसम्म र्‍याली निकालिएको थियो ।
र्‍यालीमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूहका सदस्य, सुरक्षाकर्मी जनप्रतिनिधि र पत्रकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार