१२ माघ २०८१, शनिबार

मोहनपुर–श्रीलंका सडक शिलान्यास



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा मोहनपुर माछापोखरीदेखि श्रीलंकासम्म जोड्ने सडकको बुधबार शिलान्यास भएको छ ।
सडकको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमबीच शिलान्यास गरे । धनगढी उपमहानगरपालिकामा लागू भएको सघन शहरी योजना अन्तर्गत सुरु हुन लागेको यो पहिलो सडक हो ।
सडकको शिलान्यास गर्दै नगर प्रमुख वडले गुणस्तरीय सडक निर्माण गर्नका लागि स्थानीयहरूको निगरानी आवश्यक भएको बताए ।
शिलान्यास गरिएको सो सडकको लम्बाई तीन किलोमिटर रहेको छ । भने चौडाई ३२ फिट रहने धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष विजय जोशीले बताए ।
धनगढी उपमहानगरपालिकामा तीन वर्षभित्र पूरा गर्ने गरी १७ वटा सडक सघन शहरी योजनाले निर्माण गर्दै छ । सडकको नाली निर्माणदेखि कालोपत्रे सम्मको कार्य सो योजनाले पूरा गर्ने धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार