१२ श्रावण २०८१, शनिबार

नगर वड बने, विद्यार्थीको अभिभावक



धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले त्रिनगर माध्यमिक विद्यालयमा एक बालकलाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ रातोपूलका मोहम्मद आतिफलाई विद्यालयमा भर्ना गराएर नगर प्रमुख वडले अभिभावकत्व ग्रहण गरेको घोषणा गरे ।
सो अवसरमा नगर प्रमुख वडले भने– ‘म विद्यार्थी आतिफको मात्रै होइन्, म सम्पूर्ण नगरवासीको अभिभावक हुँ ।’ उनले आफू पनि त्रिनगर माविको पूर्व विद्यार्थी रहेको बताए । ‘गुणस्तरीय शिक्षाका लागि त्रिनगर मावि लगायत नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमका कक्षा सुरु गराउन पहल गर्छु’ उनले थपे ।
यसैबीच नगरप्रमुख वडले ‘छोरीलाई पढाउ, गरिबी हटाऊँ’ नारा सहित मर्सीकोर र बेस कैलालीको विद्यार्थी भर्ना तथा घरदैलो अभियान कार्यक्रम तथा विद्यार्थी भर्ना सम्बन्धी परामर्श कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रममा त्रिनगर माध्यामिक विद्यालयका प्रधानाध्यपक गणेशदत्त भट्ट, वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी, बेश कैलालीका निरज चौधरी, मर्सीकोरका पवित्रा चौधरी लगायत अभिभावक, विद्यार्थी, शिक्षकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार