नेपाली काँग्रेसद्वारा शुभकामना आदानप्रदान



टीकापुर । नेपाली काँग्रेस जानकी गाउँपालिमा बुधवार शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
सो अवसरमा पूर्व सभासद मानबहादुर महतौंले स्थानीय तहमा अझै पनि जनता काँग्रेससँग नजिक रहेको चर्चा गरे ।
कार्यक्रममा महासमिति सदस्यद्वय तेजबहादुर बिष्ट र धर्मराज न्यौपाने, क्षेत्रीय सभापति भूवनेश्वर अधिकारी, जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरी, क्षेत्रीय सदस्य अयोध्याप्रसाद चौधरी, जिल्ला सदस्य तीर्थराज जोशी, परशुराम महतो, सूर्यबहादुर बटाला, क्षेत्रीय सदस्य दीपकदेवी न्यौपाने, शिक्षक संघका जिल्ला सचिव कर्ण कुवँर, शिक्षक संघका गाउँपालिका संयोजक नेत्रराज तिमिल्सेना, स्ववियू उपसभापति भक्तराज देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम पथरैयाका सभापति काँशिराम ढुगांनाको अध्यक्षतामा भएको थियो ।
मुनुवाका सभापति कमलप्रसाद कठरियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जयराज न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्