उपमहानगरपालिकाद्वारा कार्यप्रगति विवरण सार्वजनिक
धनगढी । धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म गरेका काम, कारवाहीको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।
मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै उपमहानगरपालिको काम कारवाहीको प्रगति सार्वजनिक गरेको हो ।
उपमहानगरपालिकाले गरेका तथा गरिरहेका कार्यहरू १७ बुँदामा प्रस्तुत गरेको छ भने चालु आर्थिक वर्षकै आम्दानी र खर्चको विवरण पनि प्रस्तुत गरेको छ । त्यसैगरी उपमहानगरपालिकाले निर्माण गरिएका कानुनको विवरणपनि प्रस्तुत गरेको छ ।
विभिन्न १७ बुँदामा धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ को हालसम्म गरेका र गर्दै आएका कार्यविवरण प्रस्तुत गरेको छ । जसमा धनगढी उपमहानगरपालिकाका १९ वटा वडामध्ये १२ वटा वडा कार्यालय स्थापनम गरिसकेको छ । बाँकी ९, १२, १७, र १९ मा वडा कार्यालय सञ्चालनका लागि तयारी भइरहेको र वडा नम्बर १ को वडा कार्यालय जिल्ला जनस्वाथ्य कार्यालयको भवनमा स्थापना हुने क्रममा रहेको छ ।
नगरसभाबाट स्वीकृत भई कार्यान्वयनमा आएका ७ वटा ऐन र निर्देशिका कार्यविधि स्वीकृत भै राजपत्रमा प्रकाशित गरेको छ । त्यस्तै दुईपटक नगरसभा र १५ वटा कार्यापालिकाको बैठक सम्पन्न भइसकेको छ उपमहानगरपालिकाबाट प्रदान गरिने सेवासुविधाहरू सम्बन्धित वडा कार्यालयबाट पाउने व्यवस्था मिलाएको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत.भरतमणी पाण्डेयले बताए ।
धनगढी उपमहानगरपालिकाले सबै वडा कार्यालयमा आईटी हब बनाउने प्रक्रिया अगाडि बढाएको छ भने अनलाइन मार्फत साधारणहरूलाई सूचित गराउने, हेलो मेयर, वेवसाइट निर्माणलगायतका काम गरेको जनाएको छ । यस अवधिमा चालु आर्थिक वर्षको हालसम्म आम्दानी आन्तरिक र वाह्य श्रोत मार्फत् एक अर्ब १४ करोड ४१ लाख ५९ हजार आम्दानी भएको छ भने प्रगति १९ करोड ४१ लाख ९५ हजार रुपैयाँ अर्थात् ८६ दशमलव ८९ रहेको गरेको उपमहानगरपालिकाका प्रशासकीय अधिकृत भरतमणी पाण्डेले जानकारी दिए ।
स्थानीय तह सञ्चालनमा आएपछि अनिवार्य ऐन कानुन निर्माण गर्ने व्यवस्था अनुरूप धनगढी उपमहानगरपालिकाले हालसम्म १९ वटा ऐन निर्माण गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । यही चालु आर्थिक वर्षको हालसम्म ६ सय ९८ घर नक्साहरू पास गरेको छ । त्यसैगरी सामाजिक सुरक्षातर्फ ९ करोड ४० लाख ८९ हजार चारसय खर्च भएको छ ।
१० हजार ४ सय ५२ जनाले सेवा लिएको छ । लक्षित विकास कार्यक्रम अन्तर्गत १ सय ८४ गरेको छ । त्यसैगरी धनगढी उपमहानगरपलिकामा सम्झौता भए पाँच सय १५ योजनामध्ये हालसम्म २ सय २६ योजनाहरू सम्पन्न भएको जानकारी गराएको छ ।
उपमहानगरपालिकामा कार्य सम्पादन गर्न थप जिम्मेवारी अनुप उपयुक्त संयन्त्रको अभाव, छाडा पशुचौपाय व्यवस्थापनलगायत थुप्रै चुनौतिहरू पनि उत्तिकै रहेको जनाएको छ । यस्ता चुनौतीका बाफजुद पनि उपमहानगरपालिका मार्फत् हुने कार्य गर्नमा सधै तत्पर रहने उपमहानगरपालिका प्रमुख नृपबहादु वडले प्रतिबद्धता जनाए ।