अवैध काठसहित ट्याक्टर पक्राउ
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा मंगलबार साँझ ७ बजेतिर अवैध काठ सहित एक ट्याक्टर पक्राउ गरिएको छ ।
स्थानीयको सूचनाका आधारमा ईलाका वन कार्यालय रामपुर बौनिया र ईलाका प्रहरी कार्यालय बौनियाको संयुक्त गस्ती टोलीले नम्बर प्लेट बिनाको ट्याक्टर र अवैध काठ बरामद गरेको प्रहरी नायव निरीक्षक रामचन्द्र पन्तले बताए ।