६ माघ २०८१, आईतवार

वडाध्यक्ष बने विद्यार्थीको अभिभावक



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष जयरूप खतिवडाले कट्टीपुरस्थित बालकन्या आधारभूत विद्यालयमा बालिका निर्मला दमाईलाई भर्ना गरेर अभिभावकत्व लिएका छन् ।
सो अवसरमा वडाध्यक्ष खतिवडाले निर्मलाको अध्ययन तथा अरू सबै जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पाँच वर्षीया निर्मलाको अभिभावकत्व ग्रहण गरेका उनले बालिकालाई विद्यालय पोशाक र पाठ्यपुस्तक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार