६ माघ २०८१, आईतवार

पार्टी एकता नीतिका आधारमा



धनगढी । नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकता नेताका आधारमा नभई नीतिका आधारमा गर्नुपर्ने एमालेका नेताहरूले बताएका छन् ।
आइतबार नेकपा (एमाले) कैलालीले नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा आयोजित पार्टी एकताको सान्दर्भिकता विषयक अन्तरक्रियामा सहभागीहरूले नीतिलाई केन्द्रमा राखेर पार्टी एकता गर्नुपर्ने बताए ।
सो अवसरमा एमाले नेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले संघीय गणतन्त्र स्थापना कार्य पूरा भए पनि अझैं आर्थिक रूपान्तरण कार्य बाँकी नै रहेको बताए ।
कार्यक्रममा एमाले कैलालीका अध्यक्ष तथा सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले जिल्लास्तरबाट बहस तथा छलफलको माध्यमबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनु पर्ने बताए ।
प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य पुष्कर भट्टले प्राविधिक र व्यवहारिक पक्ष मिलाएर पार्टी एकता गर्नुपर्ने बताए ।
प्रगतिशील प्रध्यापक संघका प्रदेश संयोजक भवानीसिंह चलाउनेले दुई ठूला कम्युनिष्ट पार्टीलाई एकधारमा आउन जनताले अभिमत दिएको चर्चा गरे ।
शिक्षक संगठनका डिल्लीराज जोशीले पार्टी एकता कुनै नेताको आधारमा नगर्न सुझाव दिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष लक्षीराज आचार्यले एमाले र माओवादीबीच नीति र विचार उक हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद सदस्य घनश्याम भट्टराई, कमल तिमिल्सेना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला उपाध्यक्ष एवं सांसद रतन थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव रणबहादुर चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार