१८ आश्विन २०८१, शुक्रबार

कैउवासंघको निर्वाचन : स्वाँर नेतृत्व प्यानलको घोषणा



धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि वर्तमान महासचिव रूपेश स्वाँर नेतृत्वको प्यानल घोषणा भएको छ । संघको आगामी २२ गते निर्वाचन हुँदैछ ।
आइतबार धनगढीमा आयोजित उम्मेदवारी घोषणा सभामा स्वाँर नेतृत्वको प्यानल घोषणा गरिएको छ ।
सो प्यानलमा उपाध्यक्ष (उद्योग) मा गजराज पाण्डेय, उपाध्यक्ष (वाणिज्य) टेकबहादुर खड्का तथा उपाध्यक्ष (वस्तुगत) मा अनिल भुजनिया उम्मेदवार रहेका छन् ।
त्यस्तै, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीमराज ओझा (अब्बु) तथा सचिवमा सुजितराज शर्मा उम्मेदवार रहेका छन् ।
त्यस्तै, सदस्यमा दीपक रावल, भीमबहादुर शाही, रूपेश खड्का, रवि कुँवर र भक्त थापा उम्मेदवार रहेका छन् ।
पत्रकार सम्मेलनमा प्यानलको घोषणा गर्दै अध्यक्षका उम्मेदवार स्वाँरले कैलाली उद्योग वाणिज्य संघमा लामो समयदेखि अनुभव गरेका परिपक्व तथा नयाँ र उर्जावान व्यावसायीहरूलाई एकवद्ध गरेर प्यानल निर्माण गरिएको बताए ।
स्वाँर नेतृत्वको प्यानलले सो अवसरमा औद्योगिक क्षेत्रको स्थापना, विशेष आर्थिक क्षेत्र घोषणा र सञ्चालन, साना तथा मझौंला व्यावसायीहरूलाई करछुटको व्यवस्था तथा व्यावसायीहरूको भौतिक तथा पेसागत सुरक्षा आफ्नो प्रमुख प्रतिवद्धताका रूपमा प्रस्तुत गरेको छ ।
त्यस्तै, धनगढी, लम्की, भजनी, सुखड, अत्तरिया, जोशीपुर, बौनिया, चौमाला, मसुरिया, पहलमानपुर लगायतका बजारमा सिसिटिभी जडान, गौरीफन्टा सीमानाकाको स्तरोन्नोती, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नती, मोहना–अत्तरिया ६ लेन सडकको निर्धारित समयमा निर्माण कार्य पूरा गर्नुपर्ने, हुलाकी राजमार्गको निर्माण कार्य पनि प्रमुख प्रतिवद्धताका रूपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार